राष्ट्र बैंकले २५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा २५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम ३ सय ६५ दिने मुुद्धती निक्षेपका रुपमा २०७८ चैत्र एक गतेदेखि २०७९ फागुन ३० गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।
मुुद्धती निक्षेपका रूपमा राखिने कुुल रकम मध्ये वाणिज्य बैंकहरुका लागि २० करोड, बिकास बैंकहरुका लागि तीन करोड ७५ लाख र फाईनान्स कम्पनीका लागि एक करोड २५ लाख रुपैयाँ छुुट्याईएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले फागुन १८ गते अपरान्ह पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुईबर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुलकर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधान तोकिएका छन् ।
प्रतिक्रिया