युक्रेनमाथिको आक्रमण जारी : हमला रोक्न रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा
नेपालखोज
२०७८ फागुन १६ गते ८:१३

काठमाडौं । युक्रेनले रुसद्वारा आफ्नो मुलुकमाथि भइरहेको सैन्य आक्रमणमा रोक लगाउन आदेश माग गर्दै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरेको छ ।
युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरी तत्काल सैन्य कारबाही रोक्न आदेश दिन माग गरिएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसका नेतासँग कुराकानी गरेको बताएका छन् । युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्न चाहे पनि उसले बेलारुसमा वार्ता गर्नुपर्ने सर्त राखेपछि युक्रेनले अस्वीकार गरेको छ ।
बेलारुस रुसकै समर्थक भएका कारण अन्य कुनै ठाउँमा वार्तामा बस्नुपर्ने युक्रेनको माग छ । वार्ताका लागि दुवै पक्ष तयार भए पनि कहाँ गर्ने भन्नेमा सहमति हुन सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया