बिहीबार, जेठ २, २०८२

युक्रेनीका लागि २४ घण्टा महत्वपूर्ण !

नेपालखोज २०७८ फागुन १६ गते ८:३६

काठमाडौं । आगामी २४ घण्टा युक्रेनीका लागि ज्यादै महत्वपूर्ण हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घण्टा ज्यादै महत्वपूर्ण हुने बताएका हुन् । जेलेन्स्कीले वार्ताका लागि युक्रेन र बेलारुसको सिमा क्षेत्रमा टोली पठाउने भएका छन् ।

त्यस्तै, युक्रेन रुससँग बिना शर्त वार्तामा बस्न तयार भएको छ । तर वार्ता कति बेला र कस्ता एजेण्डामा हुने भन्ने प्रष्ट भईसकेको छैन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसंगको टेलिफोन वार्ताका क्रममा जेलेन्स्कीले यस्तो बताएका हुन् ।

राजधानी किभलाई रुसी सेनाले चारैतिरबाट घेरा हालेका छन् भने शहरबाट बाहिर निस्कन मुश्किल रहेको त्यहाँका मेयरले बताएका छन् । उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक बललाई उच्च सतर्क अवस्थामा रहन आदेश दिएका छन् ।

प्रतिक्रिया