सोमबार, असार ९, २०८२

सुनचाँदीको भाउ बढयो

नेपालखोज २०७८ फागुन १८ गते ११:१५

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला १ हजार ९ सय रूपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ हजार ९ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । आज चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया