शुक्रबार, जेठ ३, २०८२

अस्ट्रेलियामा भीषण बाढी : ११ जनाको मृत्यु

नेपालखोज २०७८ फागुन १८ गते १५:३७
साँकेतिक तस्बिर

काठमाडौं । अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । न्यु साउथ वेल्सको प्रहरीले आज उक्त राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।

बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । बाढीका कारण मृत्यु हुनेमध्ये आठ व्यक्ति क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ ।

यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ । गत हप्तादेखि क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सलाई अत्यधिक बर्षापछिको बाढीले तहसनहस गरिरहेको र उक्त क्रम यस हप्ता जारी रहने मोसम पुर्वानुमान कार्यालयहरूले जनाएका छन् ।

हन्टर र मेट्रोपोलिटन, इलवार्रा, दक्षिण तट र मध्य तथा दक्षिणी टेबलल्यान्ड्स जिल्लाका केही भागहरूमा भारी वर्षाद्वारा आउनसक्ने विपत्तिको पूर्वानुमान गरिएको छ । यी क्षेत्रहरूमा आगामी छ घण्टासम्म ८० देखि १२० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया