स्प्राइटसँग जित्ने मौका, हरेक घण्टा अनि हरेक हप्ता : हरेक घण्टा एउटा सामसङ

काठमाडौं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुवात गरेको छ । यो प्रमोसन स्प्राइटको “क्लियर रह”अभियानको हिस्सा हो जसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे साथमा आफ्ना पलहरू रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो । यस प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल के.सी.लाई छायांकन गरिएको छ ।
यस क्याम्पेन अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् ।
यो अफरमा सहभागी हुनको लागि उपभोक्ताहरूले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्ने छ अथवा सीधै डब्ल्यूडब्ल्यूडब्ल्यू डट स्प्राइट डट कम डट एनपीमा लगइन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ । सहभागीहरूले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् । यो योजना २०७८ फागुन ८ देखि २०७८ चैत १६ सम्म लागु हुनेछ । यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागु हुनेछ ।
बजारमा यो अफर लागु नहुने बोतलहरू पनि उपलब्ध छन् । ग्राहकहरूले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफूसँग राख्नुपर्नेछ । थप नियम र सर्तहरूसम्बन्धी विस्तृत विवरण स्प्राइटकोे आधिकारिक वेबसाइटबाट जानकारी लिन सकिनेछ ।
प्रतिक्रिया