आइतबार, जेठ ५, २०८२

कामना सेवा विकास बैंकका थप तीन वटा शाखा चितवनमा संचालन

नेपालखोज २०७८ फागुन १८ गते २३:००

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा वाग्मती प्रदेश अन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं.०८ स्थित पर्सा बजारमा १३०औं, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१औं र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२औं शाखा कार्यालय स्थापना गरी फागुन १८ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यससंगै १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवातथा ७७ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया