शुक्रबार, जेठ ३, २०८२

पूर्वमिस युक्रेनी ‘लेना’ मेसिनगन बोकेर रुसको प्रतिकारमा

नेपालखोज २०७८ फागुन १९ गते १२:१७

किएभ । रुस–युक्रेन युद्धमा हालसम्म चारसय बढी युक्रेनी नागरिक मारिएका छन् । बालबालिकासहित १६ सय ८४ जनाभन्दा बढी घाइते भएका छन् । युक्रेनका नागरिकहरूले पनि आफ्नो सेनाको मनोबल बढाउन हतियार उठाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रसियासँग लड्न लडाई अनुभव भएका कैदीहरूलाई रिहा गरेका छन् । युक्रेनी सांसद किरा रुडिक र अन्य धेरै पेशेवर खेलाडीहरू पनि रुस विरुद्ध लड्न सेनामा सामेल भएका छन् ।

यसैबीच, पूर्व मिस युक्रेन अनास्तासिया लेनासँग सम्बन्धित एउटा दाबी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सन् २०१५ मा मिस ग्रान्ड इन्टरनेशनल सौन्दर्य प्रतियोगितामा आफ्नो देशको प्रतिनिधित्व गरेकी थिइन् । पूर्वमिस लेना रुसी सेनाविरुद्ध लड्न सेनामा सामेल भएको खबर चर्चाको विषय भएको छ ।

स्काई न्यूजले लेखेको छ , ‘एउटी पूर्वमिस युक्रेनले सेनाको जुत्ता लगाएकी छन् । एउटा असल्ट राइफल उठाएकी छन्, कसम खाएकी छन् कि ‘आक्रमण गर्ने उद्देश्यले युक्रेनी सीमा पार गर्ने जो कोहीलाई मारिनेछ।’

युक्रेनका नागरिकहरूलाई रुसी सेनाविरुद्ध लड्न प्रोत्साहित गरिएको छ । १८ देखि ६० वर्ष उमेर समूहका पुरुषलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । लड्न चाहने जो कोहीलाई बन्दुकहरू वितरण गरिँदैछ ।

विभिन्न शहरहरूमा, युक्रेनीहरूले युद्धलाई सहयोग गर्न मोलोटोभ ककटेल भनिने पेट्रोल बमहरू बनाउँदै आएका छन् । निहत्था नागरिकहरूले पनि रुसी ट्यांकहरूलाई गाउँहरूमा प्रवेश गर्नबाट रोक्नको लागि घुँडा टेकेर अडान लिएका छन् ।

प्रतिक्रिया