बिहीबार, जेठ २, २०८२

दक्षिण कोरियामा कोरोना संक्रमण उच्च !

नेपालखोज २०७८ फागुन २० गते १३:२४

काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण उच्च भएको छ । त्यहाँ गत चौबीस घण्टामा थप २ लाख ६६ हजार ८५३ जनामा कोरोना संक्रमण देखा परेको छ । योसँगै कुल संक्रमितको संख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) का अनुसार यसअघिका दिनमा त्यहाँ संक्रमण एक लाख ९८ हजार ८०३ थियो । ओमिक्रोन भेरियन्टको संक्रमणले सोल महानगरीय क्षेत्रमा उच्च भएको हो।

यहाँ ५९ हजार २६९ जनामा कोरोना संक्रमण भएको थियो । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्रमितको संख्या क्रमशः ७६ हजार ७२२ र १६ हजार ६८१ पुगेकाके छ । गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३१ जनाले बढेर ७९७ पुगेको छ ।

कोरोना संक्रमणका कारण थप १८६ मृत्युको पुष्टि भएको छ । यसैसँगै कोरोनाका कारण त्यहाँ मृत्यु हुनेको कूल संख्या ८ हजार ५८० पुगेको छ। कूल त्यहाँको मृत्यु दर ०.२२ प्रतिशत रहेको समाचारमा जनाइएको छ । देशले कुल जनसंख्याको ८७.४ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । पूर्ण रूपमा खोप लगाएका मानिसहरु चार करोड ४८ लाख ६६ हजार ७० जना रहेका छन् ।

प्रतिक्रिया