नेप्से २५ सय ४७ अंकमा, लगानीकर्ताहरू निराश

काठमाडौं । सेयरबजारप्रति यो साता पनि लगानीकर्ताहरू निराश देखिएका छन् । अमेरिकन सहयोग एमसीसी पास भएपछि नेप्से उकालो लाग्ने उपेक्षा लगानीकर्ताहरूले गरेका थिए । तर यो साता सुरुवात देखिने नै नेप्से घट्यो । एमसीसी पास भएपछिको दुई कार्य दिन पनि लगातार नेप्से घट्यो ।
नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच दिन खुल्ने भए पनि दुई दिन सार्वजनिक बिदा परेको र खुलेको तीन कार्य दिन पनि नेप्से लगातार ओरालो लाग्यो । एमसीसीले सेयर बजारमा खासै सकारात्मक प्र्रभाव पारेको देखिएन । त्यहीकारण पनि यो साता लगानीकर्ताहरू सेयर बजारप्रति निराश देखिएका हुन् ।
सोअनुरूप यो साता नेप्से २५ सय ४७ दशमलव चार अंकमा पुगेर खुम्चिएको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ८८ दशमलव ८३ अंकमा खुम्चिएको छ । साताभर दुई सय २८ वटा कम्पनीको एक लाख ५९ हजार तीन पटकको कारोबारमा दुई करोड २५ लाख २७ हजार छ सय ८२ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसबाट यो साता कुल कारोबार रकम १० अर्ब ५५ करोड ४३ लाख ९९ हजार सात सय ५७ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा सात अर्ब रुपैयाँले कम हो । गत साता भने नेप्सेमा दुई सय ३० कम्पनीको कारोबार भएको थियो । उक्त साता दुई लाख ५९ हजार नौ सय ९० पटकको कारोबारमा तीन करोड २९ लाख ३५ हजार दुई सय ४३ कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम १७ अर्ब ७२ करोड २१ लाख १८ हजार एक सय ९६ रुपैयाँ पुगेको थियो ।
यो साता पहिलो दिन सात दशमलव ७३ अंकले घटेर दुई हजार ६ सय ५३ दशमलव ७० अंकमा सीमित हुन पुगेको नेप्से अन्तिम अर्थात चौथो कारोबार दिन पनि ६३ दशमलव ५४ अंकले घटेपछि २५ सय ४७ दशमलव चार अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी पहिलो दिन शून्य दशमलव ७३ अंंकले घटेर पाँच सय ६ दशमलव ८४ अंकमा सीमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स अन्तिम अर्थात् यो साताको चौथो कारोबार दिन पनि ११ दशमलव ३८ अंंकले घटेर चार सय ८८ दशमलव ८३ अंकमा पुगेको थियो । यीबाहेकका तेस्रो र पाँचौं दिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द थियो ।
यो साता नेसनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएको छ भने नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।
प्रतिक्रिया