सुनचाँदी महासंघको नवौं स्थापना दिवसका अवसरमा रक्तदान

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा आज (शुक्रबार) काठमाडौंको नक्सालस्थित भगवती बहालमा रक्तदान कार्यक्रम गरिएको छ । महासंघले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको महासंघका सल्लाहकार समेत रहेका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद कृष्णगोपाल श्रेष्ठले कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा उनले सुनचाँदी ब्यवसायीहरुलाई एकजुट भएर लाग्न सुुझाए । कार्यक्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले महासंघले रक्तदान कार्यक्रमको आयोजना गरी सामाजिक उत्तरदायित्व वहन गरेको बताए ।
सोही कार्यक्रममा महासंघका विभिन्न ब्यक्तिहरुले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । रक्तादान कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य, उद्यमी ब्यवसायी, कर्मचारी र स्वतन्त्र ब्यक्तिहरुले समेत सहभागिता जनाएका थिए । महासंघका उपाध्यक्ष एवं रत्तदान कार्यक्रमका संयोजक पवनकुमार सोमानील स्थापना दिवसका अवसरमा सातौं प्रदेश महासंघ तथा जिल्ला संघहरुले पनि विविध कार्यक्रम गरी यो दिवसको जानकारी दिए ।
प्रतिक्रिया