युक्रेन छाड्नेको संख्या १२ लाख पुग्यो
६ लाख ५० हजार मानिस पोल्यान्ड पुगे
नेपालखोज
२०७८ फागुन २१ गते १२:१२

किएभ । रुसी आक्रमणका कारण करिब १२ लाख मानिस युक्रेन छोडेको संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च निकायको तथ्यांक छ । पलायन हुनेको आधाभन्दा बढी संख्या छिमेकी मुलुक पोल्यान्डमा पुगेको छ ।
उपलब्ध पछिल्लो तथ्यांकअनुसार करिब ६ लाख ५० हजार मानिस पोल्यान्ड पुगेका छन् । त्यस्तै १ लाख ५० हजार हंगेरी र बाँकी अन्य युरोपेली राष्ट्रहरूमा पुगेका छन्। । छिमेकी मल्डोभा, स्लोभाकिया र रुमेनियामा बाँकी ठूलो संख्यामा शरणार्थीहरू रहेका छन्।
यूएनएचसीआरका अनुसार बाँकी धेरै देशभित्र र बाहिर हिँडिरहेका छन् । रुसको आक्रमणका कारण सुरक्षा र सहयोग नहुँदा लाखौं युक्रेनी नागरिकले देश छाड्न बाध्य भएका हुन् । आक्रमण अघि युक्रेनको कुल जनसंख्या करिब चार करोड ४० लाख थियो ।
सम्बन्धित
प्रतिक्रिया