सोमबार, जेठ ६, २०८२

बुटवलमा एनआईसी एशिया क्यापिटलको पुँजीबजार साक्षरता

नेपालखोज २०७८ फागुन २१ गते १५:१७

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा लुम्बिनी प्रदेशअन्तर्गत बुटवल उपमहानगरपलिका ९, मिलनचोकमा पहिलो प्रदेश स्तरीय पुँजीबजार साक्षरता कार्यक्रम गरेको छ ।

कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरूले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोस्रो बजार, मुद्राबजार उपकरणहरू, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानीसम्बन्धी निर्णय लिँदा ध्यान दिनुपर्ने कुराहरूलगायत समग्र पुँजीबजारको पछिल्लो अवस्थाको सम्बन्धमा बिस्तृत जानकारी गराइएको थियो ।

मर्चेन्ट बैंकहरू उपत्यका केन्द्रित रहेको र काठमाडौं उपत्यका बाहिरबाट मर्चेन्ट बैंकहरूले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरबाट कसरी मर्चेन्ट बैंकहरूले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरूलाई सहजरूपमा पुँजीबजारमा आबद्ध भई सुरक्षित रूपमा सेयर कारोवार गर्न सकुन भन्ने मुख्य उद्देश्यका साथ साक्षरता कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा १०० भन्दा बढी लगानीकर्ताको सहभागिता थियो । क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसहित उच्च व्यवस्थापन तहाका कर्मचारीहरूको उपस्थिति थियो । क्यापिटलले आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य प्रदेशहरूमा समेत गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया