आइतबार, जेठ ६, २०८१

नेपाल सांस्कृतिक संघको सह-महामन्त्रीमा शाही

नेपालखोज २०७८ फागुन २२ गते १५:१५

काठमाडाैं । नेपाल सांस्कृतिक संघले गोविन्दबहादुर शाहीलाई सह-महामन्त्री मनोनयन गरेको छ । अभिनेता तथा निर्माता शाहीले लोकतान्त्रिक आन्दोलन र सांस्कृतिक उच्चता वृद्धि गर्न उल्लेखनीय योगदान निर्वाह गरेका छन् ।

शाहीलाई सह-महामन्त्री मा परिच्छेद ७ को दफा २० (छ) बमोजिम मनोनयन गरिएको सहर्ष जानकारी सूचनामार्फत दिइएको छ । सूचनामा भनिएको छ, ‘प्रिय मित्र नेपाल सांस्कृतिक संघको उन्नयन, सम्बर्द्धन र द्रुततर विकासका लागि पारस्परिक सहमति, सहकार्य र सांगठनिक सुदृढीकरणलाई मध्यनजर गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक बहुमतका साथ निर्वाचित गराउनु पर्ने औचित्यबोध महसुस गरी संघको तेश्रो महाधिवेशन समेत यथाशीघ्र सम्पन्न गर्नुपर्ने दायित्वलाई ख्याल गर्दै संघको पदाधिकारीका रुपमा विगतमा यहाँले लोकतान्त्रिक आन्दोलन र सांस्कृतिक उच्चता श्रीवृद्धि गर्न उल्लेखनीय योगदान निर्वाह गर्दै आउनु भएको भूमिकाको स्मरण गर्दै यहाँ श्री गोविन्द बहादुर शाही लाई सह-महामन्त्री मा परिच्छेद ७ को दफा २० (छ) बमोजिम मनोनयन गरिएको सहर्ष जानकारी गराउँछ । यहाँलाई बधाईसहित कार्यकाल सफलताको कमना गर्दछु ।’

प्रतिक्रिया