महालक्ष्मी विकास बैंकका ग्राहकलाई भीआईपी क्लबमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र भीआईपी क्लब एन्ड लाउन्ज बार प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नेे ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
बैंकले प्रदेश १ मा ५, मधेस प्रदेशमा १५, वाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १७ गरी कुल १०३ शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आएको छ ।
बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।
प्रतिक्रिया