सोमबार, जेठ ६, २०८२

एल्लो रोज डे २०२२ मा प्रेरणादायक महिला सम्मानित (नामसहित)

नेपालखोज २०७८ फागुन २३ गते १४:४४

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते प्रेरणादायक र साहसी महिला हरूलाई सम्मान गर्दे आफ्नो वार्षिक कार्यक्रम येलो रोज डे मनाएको छ ।

उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका चौधजना अनुकरणीय महिलालाई सम्मानित गरिएको थियो । कार्यकममा पुरस्कृत महिलाहरूले आफ्नो संघर्ष र सफलताको कथाहरू सुनाएका थिए । यसरी महिला सशक्तिकरणका वास्तविक पात्रहरूलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरूलाई पनि आ–आफ्नो क्षत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टाक्लब अफ काठमाडौँले जनाएको छ ।

जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भनिन, ‘समान अवसर भएको समृद्ध समाज निर्माणमा लागेका महिलाहरूलाई सम्मान गर्दै जोन्टा क्लब अफ काठमाडौँले नारी दिवस मनाउँदै आइरहेको छ । एउटा त्यस्तो समाज जहाँँ महिलाहरूले आफ्नो क्षमताको प्रमाण दिइरहनु पर्देन । एउटा त्यस्तो समाज जहाँँ उनीहरूको कामको इज्जत हुन्छ र उनीहरूको उपलब्धिलाई सम्मान गरिन्छ । महिलाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नु अपवाद हैन सामान्य चलनको रुपमा लिइनुपर्छ ।’

त्यस्तै ‘अनसँग हिरोज’ विधाअन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पुर्‍याएका अन्य चार महिलालाई पनि उनीहरूको असाधारण कार्यको प्रशंसा गर्दै जोन्टा क्लब अफ काठमाडौंले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५ हजार रुपैयाँ प्रदान गरेको छ । परम्परागत रूपमा पुरुष प्रधान मानिएका क्षेत्रहरूमा यी महिलाहरूले आफ्नो अब्बल उपस्थिति जनाएका छन् । कठिनाई र चुनौतीको वावजुद पनि आ–आफ्नो विधामा उत्कृष्ट काम गर्न सफल यस्ता महिलाहरूलाई सम्मान गर्न पाउनु आफैँमा एउटा गौरवको विषय भएको आयोजक जोन्टाक्लब अफ काठमाडौँले जनाएको छ ।

पुरस्कारका विधाहरू र पुरस्कार विजेताहरू :
प्रिन्सेस हेलेन शाह इनस्पिरेसनल वुमन अफ द इयर : प्रस्तुति भट्टराई र वर्षा तामाङ
अमर राना गेम चेन्जर अवार्ड : क्याप्टेन प्रिया अधिकारी
कोभिड हिरोहरूका लागि रत्न देवी अवार्ड : सुस्वप्न रिमाल
ज्योति स्कलरसिप अवार्ड : वुमन इन बिजनेस स्कलरशिप वर्षा कटुवाल
वुमन इन टेक स्कलरसिप सुकीर्ति मास्के
इन्द्रकला स्कलरसिप अवार्ड : योङ वुमन इन पब्लिक अफेयर्स मन्दिरा श्रेष्ठ
वुमन इन स्पेस मनीषा दावा
ईश्वरी थापा : विगत १० वर्षदेखि ट्याक्सी चलाउँदै आएकी महिला ट्याक्सी ड्राइभर
मनु थामी : पुरुषहरूले मात्र गर्दै आएका झ्याल–ढोका बनाउने काममा अब्बल महिला सिकर्मी

प्रतिक्रिया