सोमबार, जेठ ६, २०८२

हुन्डाईको सुविधा सम्पन्न शोरुम भक्तपुरको ‘राधे–राधेमा’

नेपालखोज २०७८ फागुन २३ गते १७:१५

भक्तपुर । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा बिस्तारको क्रममा भक्तपुरको राधे–राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । भक्तपुरमा खुलेको नयाँ शोरुम सहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ ।

कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सक्नुहुनेछ । भक्तपुरको राधे राधेमा सञ्चालनमा आएको नयाँ शोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरु शोकेस गरिएको छ । ‘भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याएको यस शोरुममा सेल्स, सर्भिस र स्पेयर्स पार्टससहितको थ्रीएस सेवा उपलब्ध छ ।

अन्य शोरुममा जस्तै कम्पनीले उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरुले गाडि खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिनेछन् । यसबाट ग्राहकले सबै किसिमका आवस्यक सेवा छरितो र सहज तरिकाले लिन सकिनेछ । लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपाल भरमा १५ वटा शोरुम तथा १९ वटा सर्भिस स्टेसन छन् ।

हुन्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोबाइल उत्पादक कम्पनी हो । हुन्डाईले उत्कृष्ट क्वालिटी तथा आकर्षक डिजाइनका गाडी उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया