बिहीबार, जेठ २, २०८२

यमन सरकारको सुरक्षा कारबाहीमा ८० हुथि विद्रोही मारिए

नेपालखोज २०७८ फागुन २३ गते २१:४०

काठमाडौं । यमनको सरकारको सुरक्षा कारबाहीका क्रममा थप ८० जना हुथि विद्रोही मारिएका छन् । देशको हज्जाह प्रान्तमा पछिल्लो ७२ घण्टामा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सरकारको नियन्त्रणमा रहेको त्यस क्षेत्रबाट सरकारी सुरक्षाकर्मीहरूले विद्रोहीहरूका सवारी साधनलगायत पनि बरामद गरेको छ । विद्रोहीहरूले आक्रमणको तयारी गरिरहेको सूचनाका आधारमा आक्रमण गर्दा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया