बिहीबार, जेठ २, २०८२

नेपालसँग सम्बन्ध विस्तार गर्न फ्रान्सका सांसद काठमाडाैंमा

नेपालखोज २०७८ फागुन २४ गते १३:२१

काठमाडाैं । फ्रान्सेली सांसदको एक प्रतिनिधिमण्डल मंगलबार नेपालको औपचारिक भ्रमणमा आएको छ । फ्रान्स-नेपाल संसदीय मैत्री समूहका सभापति भेरोनिक रायोट्टनको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल आएको हो ।

काठमाडौंस्थित फ्रान्सेली दूतावासका अनुसार पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाल-फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधव कुमार नेपालको निमन्त्रणामा फ्रान्सको संसदीय टोली नेपाल आएको हो ।प्रतिनिधिमण्डलमा फ्रान्स-नेपाल संसदीय मैत्री समूहका उपाध्यक्षद्वय निकोलस फरिसियर र ग्रेजिलिया मेल्सियर सहभागी छन् ।

औपचारिक भ्रमणका क्रममा फ्रान्सेली सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नी सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेटवार्ता गर्नेछन् ।

नेपालको निजी क्षेत्र र थिंक ट्यांकसंग पनि फ्रान्सेली सांसदले अन्तर्क्रिया गर्ने भएका छन् । नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले भ्रमण हुन भएको फ्रान्सेली दूतावासले जनाएको छ।

प्रतिक्रिया