सडक दुर्घटना हुन नदिन एमालेको ध्यानाकर्षण
नेपालखोज
२०७८ फागुन २६ गते १६:१३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा बस दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरुको उद्धार तथा उपचार गर्न माग गरेको छ । एमालेले आज एक विज्ञप्ति जारी गर्दै यातायातको संचालन, सडकको दुरावस्थाको अनुगमन र निरीक्षण गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।
संखुवासभाको मादी नगरपालिकाबाट आज बिहान ७ बजे इटहरी जाँदै गरेको बा४ख ७३५ नम्बरको बस मादी नपा–६ को सात घुम्ती भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन भने ५ जना घाइते भएका छन् । हाल घाइतेहरुको.उपचार जारी छ । ज्यान गुमाएका १४ जनाकै परिचय खुलिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया