मंगलबार, वैशाख १८, २०८१

अमेरिकासँग साझेदारीका महत्वपूर्ण सवै पक्षमा छलफल भयो : मोदी

नेपालखोज २०७६ फागुन १३ गते १९:५५

काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । भारत भ्रमणमा रहेका ट्रम्पसँग मङ्गलबार हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा रक्षा, सुरक्षालगायतका विषयमा पनि कुराकानी भएको उनले बताए । आज हामीले अमेरिका र भारतकाबीचमा साझेदारी गर्न सकिने सबै महत्वपूर्ण पक्षमा छलफल गरेका छौँ, मोदीले भने ।

उनले रक्षा, सुरक्षा, उर्जा, रणनीतिक साझेदारीता, व्यापार, नागरिक नागरिक सम्वन्धलगायतका बारेमा पनि छलफल भएको जानकारी दिए ।अन्तरराष्ट्रिय चासो र स्वार्थ, एसिया प्यासेफिक स्टाटेजी, तेल र ग्यासलगायतका विषय पनि आपूmको छलफलका क्रममा उठेको मोदीको भनाइ छ ।

प्रतिक्रिया