बिहीबार, जेठ २, २०८२

जेलेन्स्की भन्छन्- १३ सय युक्रेनी र १२ सय रुसी सैनिकको मृत्यु

नेपालखोज २०७८ फागुन २९ गते ११:५५

काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन् ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रबारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन् ।

तर बीबीसीले त्यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताए ।

‘उनीहरूले (अनुमानित) १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन… संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,’ उनले भने ।

रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ । अठारौँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको छ । बीबीसी

प्रतिक्रिया