शुक्रबार, असार २०, २०८२

नेपालमा क्रिप्टोकरेन्सी कारोबार हुने मोबाइल एप बन्द गर्न निर्देशन

नेपालखोज २०७८ चैत १ गते १८:२७

काठमाडौं । नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार हुने मोबाइल एप बन्द हुने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गरेर क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो ।

सरकारको निर्देशनपछि यसअघि नेपालमा पोर्न साइटहरू पनि बन्द भएका दिए । नेपालबाट क्रिप्टोकरेन्सी अन्य डिजिटल मुद्राको माध्यम हुँदै रकम विदेशिने र नागरिक ठगिने क्रम बढेपछि अर्थ मन्त्रालयले यस्ता कारोबार हुने एप र वेबसाइट निषेध गर्ने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो ।

प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता साइट नेपालमा चल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। प्राधिकरणको निर्देशनपछि अब इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्नुपर्नेछ ।

प्रतिक्रिया