नेप्से १९ अंकले घट्यो, २ अर्ब ५७ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको उच्च गिरावटले साताको चौंथो कारोबार दिन आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १७ दशमलव १५ अंकले घटेको नेप्से आज पुनः १९ दशमलव ६५ अंकले घटेर २६ सय ३१ दशमलव ३२ अंकमा पुगेको छ ।
त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंकले घटेर चार सय ९७ दशमलव ३७ अंकमा पुगेको छ । दुई सय ३१ वटा कम्पनीहरुको ३७ हजार ३२ पटकको कारोबारमा ४९ लाख ६७ हजार चार सय ७१ कित्ता सेयर खरिद बिक्री भएकोमा कूल कारोबार रकम दुई अर्ब ५७ करोड चार लाख एक हजार एक सय १८ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा तीन वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये निर्जिवन बिमा समूहको सूचक ७७ दशमलव २३ अंकले बढेर १२ हजार एक सय ८३ दशमलव ४६ अंकमा पुग्दा होटल तथा पर्यटन र सामुहिक लगानी कोष समूहहरुको सूचक पनि बढेका छन् ।
वाणिज्य बैंक समूहको सूचक भने आज ११ दशमलव ९४ अंकले घटेर १६ सय ९७ दशमलव ३९ अंकमा झर्दा विकास बैंक समूहको सूचक पनि ६० दशमलव ९७ अंकले घटेर ४५ सय ९१ दशमलव ४८ अंकमा झरेको छ ।
जलविद्युत समूहको सूचक पनि ३३ दशमलव ११ अंंकले घटेर तीन हजार ८० दशमलव ६१ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि ५७ दशमलव सात अंकले घटेर १४ हजार चार सय १६ दशमलव ५५ अंंकमा झरेको छ । यि बाहेक फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज इर्मजिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर चार सय ७२ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा युनाइटेड इदी मर्दी आरबी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ९२ प्रतिशतले घटेर आठ सय ६५ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
त्यसैगरी नेपाल टेलिकमको प्रतिकित्ता १५ सय ६८ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ३६ लाख एक हजार सात सय ८१ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया