बेस्ट फाइनान्स अब चितवनको नारायणगढमा

काठमाडौं । काठमाडौ कमलादीस्थित प्रधान कार्यालय रहेको एनआरएनद्वारा प्रवर्धित राष्ट्रियस्तरको बेस्ट फाइनान्स कम्पनीले आफनो १५औं शाखाको आर्थिक तथा पर्यटकीय नगरी चितवन जिल्लाको नारायणगढ, सहिदचोकमा विस्तार गरेको छ । आफ्नो १५औं शाखा विस्तारका क्रममा चितवनको नारायणगढ, सहिदचोकस्थित नारायणगढ शाखा कार्यालयको बुधबारका दिन चितवन जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले विधिवत रूपमा उद्घाटन गरी शुभारम्भ गरेका हुन् ।
उक्त शाखा शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख लगानीकर्ताहरु तथा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहकको उपस्थिति थियो । निकट भविष्यमा नेपालको बाग्लुङको गलकोट, मधेस प्रदेशको वीरगन्ज तथा प्रदेश १ को इटहरीलगायत अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेकोे फाइनान्सले जनाएको छ ।
पछिल्लो वर्षमा उल्लेख्य वित्तिय विवरण सुधार गर्दै आफ्नो ग्राहकवर्गलाई उच्चतम प्रविधिका साथ ग्राहकवर्गमा सेवा उपलब्ध गराउँदै आएको छ । घरमै बसि अनलाइनमार्फत सहज तथा सरल तवरले खाता सञ्चालनको नयाँ सुविधासमेत संस्थाले हालसालै सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
प्रतिक्रिया