सुनकाे मूल्य स्थिर, चाँदीकाे सामान्य घट्याे
नेपालखोज
२०७८ चैत ४ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनकाे भाउ स्थिर रहेकाे छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (बिहीबार) ९९ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य स्थिर रहेकाे छ । आज तेजाबी सुन ९९ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे पनि तेजाबी सुन ९९ लाख ३ सय रुपैयाँमा नै कारोबार भएकाे थियाे ।
त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया