उम्मेदवारी दर्ताको तालिका सार्वजनिक, दर्ता वैशाख ११ र १२ गते

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको तालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयपत्र दर्ता, वैशाख १२ गते मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय भएको छ ।
आगामी वैशाख १४ र १५ गते मनोनयपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आगामी वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यालय निर्वाचन अधिकृतको कार्यालयमा हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया