मंगलबार, असार १७, २०८२

‘सरकारले साना व्यवसायीहरुको वृद्धि विकासमा निषेधको नीति लियो’

नेपालखोज २०७८ चैत ४ गते १७:१४

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले साना व्यवसायीहरुको वृद्धि विकासमा निषेधको नीति लिएको आरोप लगाएको छ । शुक्रवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएकोे हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले साना निर्माण व्यवसायीहरुलाई सीमित ठेक्का लिन पाउने व्यवस्था गरेर निषेधको नीति लिएको बताए ।

ठूला निर्माण व्यवसायीलाई हरेक विधामा ३ / ३ वटा र ३ अर्ब भन्दा मुनिको काममा ५ वटा ठेक्का लिन पाउने व्यवस्था गरेको प्रति महासंघको घोर आपत्ति रहेको उनले बताए । अध्यक्ष सिंहले सरकार सँग सहमतिको ड्राफटमा ६० प्रतिशतको एउटा र ४० प्रतिशतको २ वटा भन्ने स्पष्ट आएपनि अहिले सार्वजनिक खरिद नियमावली ११ औं संशोधन राजपत्रमा प्रकाशित गर्दा ८० प्रतिशत हुँदा एउटा त्यो पनि एक अर्ब भन्दा मुनिको मात्रै बनाएर प्रकाशित गरेको प्रति आपत्ति जनाएका छन् ।

उनले केही बिचौलियाहरुले एकलौटी रुपमा विकास निर्माणका ठेक्का लिएर राज्य कोषको दूरुपयोग गरिरहेको बताए महासंघले २२ बुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै हाल बजारमा निर्माण सामग्रीहरु बिटुमिन, नदीजन्य सामग्री , फलामजन्य सामग्री र सिमेन्ट लगायतका हरेक सामानमा मूल्यवृद्धि नियन्त्रण नभए सम्म निर्माण होलिडे कायम गर्ने पनि बताएको छ ।

प्रतिक्रिया