मंगलबार, असार १७, २०८२

देशका पहाडी भू-भागमा मेगगर्जन/चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७८ चैत ५ गते ६:२५

काठमाडाैं । हाल देशमा उल्लेखनिय मौसमी प्राणाली नरहेकाे जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया