बुधबार, जेठ १, २०८२

अफगानिस्तानमा बम विस्फोट हुँदा चार बालबालिकाको मृत्यु

नेपालखोज २०७८ चैत ५ गते १२:१७

काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको त्यहाकाे गृह मन्त्रालयले जनाएको छ । घटना शाह वली कोट जिल्लामा भएको थियो । युद्धको अवशेषको रूपमा रहेको उक्त बम दुर्गम गाउँका बालबालिकाहरू खेल्दै गर्दा विस्फोट भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

ल्यान्डमाइन, एन्टि–पर्सनेल माइनहरू र युद्धमा बाँकी रहेका विस्फोटक पदार्थबाट द्वन्द्वपछिको देशमा प्रत्येक महिना लगभग १२० जनाको मृत्यु वा अपांग हुने गरेको आधिकारिक स्रोतले जनाएको छ । शुक्रबार पूर्वी पक्तिया प्रान्तमा पनि सोही प्रकारको विस्फोट हुँदा दुई नागरिकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

प्रतिक्रिया