राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ मा, उपराष्ट्रपतिले उद्घाटन गर्ने
नेपालखोज
२०७८ चैत ६ गते १२:१५

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय भएको छ । आगामी २२ गते महासंघको चौथौ साधारणसभा र दोस्रो महाधिवेशन हुने भएको हो । २२ गते दिउँसो होटल एभरेस्टमा हुने महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको महासंघका उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक गोविन्द कार्कीले जानकारी दिए ।
उनका अनुसार उद्घाटन सत्रमा अर्थमन्त्री जनार्दन शर्मालगायत सरकारका अन्य उच्च अधिकारीको उपस्थिति हुनेछ । गत वर्ष हुनुपर्ने महासंघको केन्द्रीय महाधिवेशन कोरोना भाइरसको त्रासका कारण केही पर धकेलिएको थियो ।
महासंघका अध्यक्ष नरेश कटुवालको कार्यकालसमेत पूरा भएकाले महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ । सकेसम्म सहमतिबाटै र नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व तय गर्ने महासंघको तयारी छ ।
सम्बन्धित
प्रतिक्रिया