सोमबार, असार ९, २०८२

सुनकाे भाउ सामान्य बढ्याे, चाँदीकाे स्थिर

नेपालखोज २०७८ चैत ७ गते ११:०४

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनकाे बढेकाे छ भने चाँदीको भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (आइतबार) ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रूपैयाँ नै बढेकाे छ । आज तेजाबी सुन ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजाबी सुन ९८ हजार ७०० सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे पनि चाँदी १३ सय ७५ रूपैयाँमा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया