आइतबार, पुष ६, २०८२

अग्नि ग्रुपद्वारा दमकमा महिन्द्रा ट्रयाक्टर शोरुम

नेपालखोज २०७८ चैत ७ गते १३:१९

काठमाडौं । अग्नि ग्रुपले हालै दमकको क्याम्पस मोडमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार त्यस क्षेत्रमा रहेको यो अग्नि ग्रुपको आधिकारिक पूर्ण सुविधा सम्पन्न शोरुम हो ।

नयाँ ट्रयाक्टर शोरुम तथा वर्कशपको उद्घाटन संयुक्त रुपमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले लोकत्रान्तिक वाणिज्य संघका संयोजक बबर जंग थापा, निम्स हस्पिटल, दमकका उपाकान्त आचार्य, टिएमटी व्रिक्स उद्योगका निर्देशक रवि के.सी. र सरकारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा गरेका थिए । ‘दमक र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायतीरूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शोरुमले महिन्द्राका युवराज २१५, जिवो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, यवो र नोभो आदिको ग्राहकहरूलाई बिक्री तथा सेवाका साथौ सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने अग्नि ग्रुप दमकका शाखा प्रमुख कौशल शाहले जानकारी दिएका थिए ।

यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरू ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषिकर्मीहरूलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया