बिहीबार, असार १९, २०८२

‘शान्ति-प्रक्रिया र वर्तमान संविधानका मार्गदर्शक’

नेपालखोज २०७८ चैत ७ गते १७:१२

स्व . गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जलि व्यक्त गर्दै कसले के भने ?

खुला किताब जत्तिकै
शशांक कोइराला

गिरिजाबाबु एक निडर र निर्भिक नेता हुनुहुन्थ्यो। उहाँले लोकतन्त्रलाई संस्थागत गर्न र गणतन्त्र स्थापना गर्न खेल्नुभएको महत्त्वपूर्ण नेतृत्व हरेक नेपालीको स्मृतिमा ताजै छ । उहाँको अदम्य साहस र स्वार्थरहित समन्वयकारी नेतृत्व क्षमताले नै सशस्त्र द्वन्द्वमा रहेका माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन सम्भव भएको हो ।
सशस्त्र द्वन्द्वमा फसेको नेपालको राजनीतिलाई मूलधार ल्याउँदै मुलुकलाई शान्तिको मार्गमा ल्याउन गिरिजाबाबुको अदम्य कदमहरू खुला किताब जत्तिकै स्पष्ट छन् । नेपालको राष्ट्रियताको समृद्धि र लोकतन्त्रप्रतिको अडिग र अविचलित आस्था नै गिरिजा बाबुप्रतिको श्रद्धाञ्जलि हुनेछ ।

अविश्रान्त योद्धा
मीनेन्द्र रिजाल

आज बाह्रौं स्मृति दिवसको अवसरमा नेपाली राजनीतिका शिखर पुरूष, युगान्तकारी जनआन्दोलन, शान्ति प्रकिया, संविधान सभा निर्वाचन र गणतन्त्र स्थापनाका मुख्य सारथि, एवम् लोकतान्त्रिक आन्दोलनका अविश्रान्त योद्धा दिवङ्गत नेता श्री गिरिजाप्रसाद कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली ।

जनयोध्दा
चन्द्रकिशोर झा

हे जनयोध्दा गिरिजाप्रसाद कोइराला !
कोटिकोटि नमन ।

निर्भिक अडान
दिलेन्द्रप्रसाद बडू

देशमा लोकतान्त्रिक शासन व्यवस्थाको वहाली र संचालनको मार्गमा कुनै किसिमको निरंकुशता अवरोध बन्नु हुँदैन भन्ने मान्यतामा निर्भिक अडान राख्नु हुने नेपाली राजनीतिका शिखर व्यक्तित्व आदरणीय गिरिजा प्र.कोइराला प्रति उच्च सम्मान र श्रद्धा पूर्वक श्रद्धाञ्जली अर्पित गर्दछु।

शिखर पुरुष
डा. डिला संग्रौला

नेपाली राजनीतिका शिखर पुरुष पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाज्यू मा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

मजदुर आन्दोलनका नायक
डा. प्रकाशशरण महत

नेपालको पहिलो मजदुर आन्दोलनका नायक, जनआन्दोलन २०६२/ ६३ का कमाण्डर, गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री , नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

शान्तिप्रक्रियाका नायक
सुशील भट्ट

नेपाली राजनीतिक इतिहासका निर्भीक नेता , शान्ति प्रक्रियाका नायक, लोकतान्त्रिक आन्दोलनका कमाण्डर, नेपाली कांग्रेसका पुर्व सभापति तथा पुर्ब प्रधानमन्त्री श्रद्धेय गिरिजा प्रसाद कोइरालाको स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

प्रजातान्त्रिक योद्धा
उमेश श्रेष्ठ

नेपाली राजनीतिका शिखर व्यक्तित्व, प्रजातान्त्रिक योद्धा, शान्ति प्रक्रियाका र वर्तमान संविधानको मार्गदर्शक पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसमा उहाँप्रती हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

सम्झन मन लाग्यो
श्याम दाहाल

आज यिनलाई पनि सम्झन मन लाग्यो!
नेपाली राजनीति आन्दोलनका एक शिखर पुरुष तथा १०वर्षे सशस्त्र माओवादी आन्दोलनलाई शान्तिसम्झौतामा टुंग्याउन सफल गिरिजाप्रसाद कोइराला प्रती हार्दिक नमन!

हार्दिक श्रद्धासुमन
इन्द्रबहादुर बानियाँ
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री, नेपाली राजनीतिका शिखर पुरुष स्व. गिरिजाप्रसाद कोइरालाज्यूको १२औं स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

शिव चालिसे
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री, नेपाली राजनीतिका शिखर पुरुष स्व. गिरिजाप्रसाद कोइरालाज्यूको १२औं स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।

प्रकाशमान सिंह
नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला ज्यु को १२ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन ब्यक्त गर्दछु ।

प्रतिक्रिया