बुधबार, जेठ १, २०८२

ठगी आरोपमा एक महिला पक्राउ

नेपालखोज २०७८ चैत ८ गते १२:२९


काठमाडौं । ठगी तथा अपराधिक बिश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको नवलपरासी जिल्लास्थित जग्गा / जमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनु पर्ने नगद दुई करोड ५६ लाख रूपैयाँ नदिई फरार रहेकी

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलिले काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको प्रहरी परिसर बालाजुले जनाएको छ ।

प्रतिक्रिया