सोमबार, असार २३, २०८२

चुनावमा कुनै पनि दलसँग गठबन्धनको विषयमा सहमति भएको छैन : ठाकुर

नेपालखोज २०७८ चैत ८ गते १९:०१

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भईरहेको बताएका छन् । अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भईरहेको बताए ।

आज जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकता समस्याको समाधान र मधेश आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता लिनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको पनि स्पष्ट पारे ।

अध्यक्ष ठाकुरले संसदको आगामी अधिवेशनमा नागरिकतासम्बन्धी विधेयक प्रस्तुत गर्ने कुरा प्रधानमन्त्री देउवासँग भएको जानकारीसमेत दिए । उनले सरकारले आफूहरुको मागलाई ठोसरुपमा सम्बोधन गर्ने गरी पहल गरेको अवस्थामा मात्रै सरकारमा सहभागी हुने बताए । अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म कुनैपनि दलसँग गठबन्धनको विषयमा सहमति नभएको बताएका छन् ।

प्रतिक्रिया