राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी
नेपालखोज
२०७८ चैत ८ गते २१:४७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि बाटो खुला भएको छ । अब केही हप्तामै रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीको तयारी छ ।
जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गएको पुसमै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनका लागि भने रेल सञ्चालनमा आएको छैन् ।

सम्बन्धित
प्रतिक्रिया