शुक्रबार, असार २०, २०८२

आचारसंहिता कार्यान्वयनबारे सातवटै प्रदेशमा आजदेखि अन्तरक्रिया हुँदै

नेपालखोज २०७८ चैत ९ गते ८:४७

काठमाडौं । निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा निर्वाचन आयोगले आजदेखि सातवटै प्रदेशमा अन्तरक्रिया गर्दैछ ।

नेपाल कानुन समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा आजदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

पहिलो चरणमा सातवटै प्रदेशका केन्द्र र केन्द्रसँग जोडिएका १५ जिल्लामा अन्तरक्रिया हुनेछ । यसपछि अन्य जिल्लामा पनि अन्तरक्रिया गरिने उनको भनाई छ । यस्तै बैशाख ३० गते तोकिएको स्थानिय तहको चुनावका लागि आयोगले निर्वाचन अधिकृतहरुलाई पनि तालिम दिने तयारी गरिरहेको छ ।

मतदाता नामावाली अध्यावधिक गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आउँदो १३–१४ गतेसम्म मतदाताको नामावली प्रकाशित गर्ने तयारी छ ।

प्रतिक्रिया