नेपाल पेमेन्ट सोलुसन र गरिमा विकास बैंकको सम्झौता, डिजिटल इकोसिस्टमको विकासमा काम गर्ने

काठमाडौं । नेपाल पेमेन्ट सोलुसनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन प्रालिका तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्द प्रसाद ढकाल, प्रमुख कार्यकारी आधिकृत र कमलप्रसाद अर्याल आईटी प्रमुखले आ-आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन ।
सम्झौताअनुसार नेपाल पेमेन्ट सोलुसनले गरिमा विकास बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, गरिमा विकास बैंकसँग आवद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरू उपयोग गर्न पाउनेछन । नेपाल पेमेन्ट सोलुसनले यी सेवाहरू डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरू मार्फत उपलब्ध गराएको छ । ।
नेपाल पेमेन्ट सोलुसन प्रा. लि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरू, पीएस्पीहरू रेमिट्यान्स कम्पनीहरू र व्यवसायिक क्षेत्रहरूमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरूसँग सहकार्य गरी काम गरी रहेको छ ।








प्रतिक्रिया