जग्गा अभावमा सातै प्रदेशमा ग्रिन हाउस बनाउने सरकारको योजना अघि बढ्न सकेन

काठमाडौं । कृषि तथा पशुपन्छि मन्त्री महिन्द्र राय यादवले नेपालको कृषि पेसा अर्थतन्त्रको मेरुदण्ड भए पनि अपेक्षितरूपमा विकास गर्न नसकेको बताएका छन् । आज नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपालमा व्यवसायीक कृषिको विकास र आधुनिकिकरण आजको आवश्यकता विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
कृषि मन्त्री यादवले बजेट अभावको कारण मन्त्रालयले समग्र कृषि क्षेत्रको विकास गर्न नसकेको बताए । वार्षिकरुपमा कृषि छुट्याउने २.७ प्रतिशत बजेटले कृषिलाई आधुनिकिकरण,व्यवसायीकरण र नयाँ प्रविधि ल्याउन नसकिने बताए । कृषिलाई पूर्णरुपमा आधुनिकिकरण गर्नको लागि बजेट आवश्यक पर्ने भन्दै मन्त्री यादवले अहिलेको बजेट प्राप्त नभएको दाबी गरे । उनले सरकारबाट प्राप्त बजेट नभएता पनि भएको सिमित बजेटबाट कृषिलाई आधुनिकिरण गरेर आत्मनिर्भर बनाउने प्रयास गरिरहेको बताए ।
त्यस्तै मन्त्री यादवले अहिले सरकार किसानले उत्पादन गरेका उत्पादित वस्तुको उचित मुल्य, बजारीकरण र भण्डारण गर्ने व्यवस्थित गर्ने काममा लागेको बताए । सरकारले किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य तोके पनि निजी क्षेत्रले खरिद गर्ने भन्दै त्यसको लागि भण्डारणको आवश्यकता पर्ने बताए । उनले २० वर्षे कृषि निती पुरानो भएकाले संघीयताअनुसारको कृषि निती बनाउन सरकार लागि परेको बताए । सरकारले सातै प्रदेशमा ग्रिन हाउस बनाउने योजना बनाए पनि जग्गाको अभाव हुँदा काम अगाडी बढाउन नकिएको बताए ।
मन्त्री यादवले पशुपालनको लागि राम्रो सम्भावना रहेकाले पशुपालनमा लगानी बढाउनु पर्ने आवश्यकता रहेको बताए । उनले नेपाल पशुपालनमा आत्मनिर्भर रहेको पनि बताए । अब नेपालको घाँस विदेशमा निर्यात गर्न सकिने निती बनेको बताए ।
प्रतिक्रिया