दरबार मार्गमा ‘कफी पसल’

काठमाडौं । संसारमै तेस्रो लोकप्रिय पेयपदार्थ कफी । नाम त् सबैले सुनेकै होला ! पहिलो र दोस्रोमा पानी र चिया पर्छन् । ८ दशकभन्दा अगाडी नेपालमा भित्रिएको कफी अहिले बजारमा मज्जा सँग सल्बलाइरहेको छ । विशेषगरी धनी समुदायले उपभोग गर्छन् भन्ने मान्यता भएको नेपाली समाजमा कफीको आकर्षण चुचुरोमा पुगे सँगै ’क्याफे’ खोल्नेहरुको होडले पनि राम्रै सँग बजार तताएको छ । तर, अबको बजारमा भने क्याफे तथा रेस्टुरेन्टहरुमा फरकपन पनि देखिन थालेको छ । क्याफेको वातारण परिवर्तन हुनुमा क्याफे मालीकको जत्तिनै हात कोभिड महामारीको पनि छ भन्दा फरक नपर्ला । यसैको कारण नयाँ स्वरूपमा र नयाँ स्वादमा ढल्किंदै गरेको एउटा क्याफे तथा रेस्टुरेन्ट हो ’कफी पसल’ ।
घन्टाघर हुँदै दरबार मार्ग घुम्ने क्रममा नारायण हिटी दरबारको दक्षिण ढोका नपुग्दै पुर्व पट्टि हेर्नुभयो भने ’कफी पसल’ देख्न सकिन्छ । कफीको विशेषता पत्ता लगाउनु र यसलाई प्रोत्सान गरेर बजारिकिकरण गर्ने भन्दै हिडेका कफी व्यबसायीहरुले बजारलाई कफीमय बनाउन लागिपरेका छन् । सन् २०१४ देखि यहाँ कफीको बास्ना छर्दै । कफीको स्वाद चखाउन खप्पिस ’कफी पसल’ ले पुरानो तथा नियमित ग्राहकका साथै नयाँ ग्राहकहरुलाई आकर्षित गर्नको लागि मात्रै अहिले आफ्नो व्यंजन सूचीमा १० वटा परिकार थपेका छन् । जसमा अधिकांश थाई फूड छन् । थाई स्पाईस्ड चिकेन सलाद, थाई चिकेन सातय, प्याड थाई नुडल्स, ग्रिल्ड चिकेन विथ थाई स्पाइस्ड सस, थाई स्पाईस कन्सिस्ट अफ साल्ट, थाई ट्यामरिंड, सोया सस, स्टिर फ्राई नुडल्स, स्टिर फ्राई राइस र फिस सस ।
नेपालको कफी र नेपालमा क्याफे संस्कृतिलाई अघि बढाउने उद्देश्यका साथ खोलिएको ’कफी पसल’ । कफीको अद्वितीय र विशिष्ट स्वाद सँगै ग्राहकलाई कफीको स्वादमा मन्त्रमुग्ध बनाउन सिपालु छन् । त्यसैले यसको कुनै लक्षित वर्गको ग्राहक मात्र छैनन् । कफी मन पराउने हरेक मान्छे । चाहे त्यो व्यक्ति एक नियमित कफी उपभोक्ता होस वा कफी पारखी । कफी संसारको जादूमा अन्वेषण गर्दै रम्न चाहने सबैलाई कफी पसलमा स्वागत गर्न तयार भएर बसेको बताउछन् यसको प्रबन्ध निर्देशक सँगै सचालन प्रबन्धक पनि रहेका प्रशान्त कार्की ।
सँगसँगै हरेक खाना प्रेमीहरू । जो छानी छानी नयाँ नयाँ परिकारका स्वादहरु लिन चाहन्छन् । उनीहरुलाई आफ्नो खानाको स्वाद प्लेटबाट ग्राहकको जिब्रोको टुप्पो सम्म पुर्याएर ताजा खाना अनि स्मरणीय अनुभव दिन चाहन्छन् प्रशान्त । त्यस्तै बेला बेलामा उनि आफ्नो ग्राहकहरुलाई कफीको विशेषताबारे बताउन पनि पछि हट्दैनन् । त्यसैले यहाँ बिजनेस मिटिंग, पारिवारिक भेटघाट वा कफी डेट गर्न चाहने सँगै पढ्न रुचाउने सबैलाई ठाउँ बनाईएको छ ।
दरबार मार्ग आफैमा एउटा महँगो क्षेत्रमा परिचित छन् । त्यहाँ जाने आन्तरिक र बाह्य पर्यटक मात्र होइन नजिकै पसल थापेर बसिरहेका साहुजिहरु पनि यसलाई हो मा हो मिलाउछन् । यस क्षेत्रमा महँगो खाना । महँगो कपडा । अनि महँगो मान्छे सबै भेटिन्छन् । कुनै साधारण नेपाली त्यहाँको कुनै पनि रेस्टुराँमा खाने भन्दा पनि फोटो खिचेर ( बाहिरबाट होस् वा भित्रबाट) वा निकैबेर व्यंजन सूची हेरेर म ः म मात्र खाएर आउने गरेको यथार्थ त छदैछ । त्यसैले पनि नजिकैको पर्यटकीय स्थल ठमेललाई टक्कर दिइरहेको दरबार मार्गमा नेपाली भन्दा बढी विदेशी पर्यटकहरु देखिने गरेको नकार्न मिल्दैनन् ।
कोभिड भन्दा अगाडी कफी पसलमा धेरै विदेशी पर्यटकहरु आउने गरेको प्रबन्ध निर्देशक प्रशान्तको भनाई छ । तर, कोभिडले विदेशी पर्यटकलाई आ आफ्नै देशमा पठाए पछि उनले नेपाली पर्यटक तथा नेपाली ग्राहकलाई पनि आकर्षित गर्नको लागि सोच्न धेरै बेर लगाएनन् । अहिले उनले विदेशी सँगै स्वदेशीलाई पनि आफ्नो पसलको खानाको स्वाद चखाउन नेपालकै अर्गानिक उत्पादनहरुमा जोड दिएका छन् । चाहे त्यसको लागि गुल्मी देखि कफी ल्याउने होस् या ककनी देखि स्ट्रबेरी । डोल्पाबाट खैरो र कालो चामल । सँगै नेपालमा पाईने खानयोग्य विभिन्न फूलहरु पनि खोजि खोजि कृषकहरुसँगैको प्रत्यक्ष सम्पर्कमा रहेर ल्याउन पनि पछि पर्दैनन् उनि ।
उनका अनुसार कफीको विकास र प्रवर्द्दनकै लागि भनेर यसको नाम ’कफी पसल’ राखीएको हो । शुरुवाती दिनहरुमा ७ जना साझेदारहरु मिलेर कफी संस्कृतिलाई अघि बढाउन खोलिएको पसल भने अहिले नितान्त एक जनाको स्वामित्वमा छ । दुईजना भने अष्ट्रेलियामा नेपाली कफीलाई अघि बढाउन विदेशिएका छन् । अहिले इटलीयन खाद्यान्न र पास्ता इटलीबाट प्रत्यक्ष आयात गर्ने गरेको बताउँदै प्रशान्त भन्छन्, ‘कफीको विशेषतालाई बढाउदै विभिन्न देश तथा विदेशको खानाको स्वाद पस्कनु कफी पसलको मुख्य उदेश्य हो ।’
प्रशान्तले ग्राहकलाई आकर्षित गर्नका लागि ग्राहकको इच्छा बमोजिम लाईभ कुकिङ्ग देखाउने वातावरण पनि बनाएका छन् । यदि ग्राहकले चाह्यो भने उनीहरुले घरमा पनि बनाएर खानको लागि त्यसको सामग्री र रेसिपी दिने गर्छन् कफी पसलले । यहाँ बसेर कफीको स्वाद लिँदै शान्त सँग बस्ने वातावरण त छदै छ ।
प्रशान्त चार्टर्ड एकाउन्टेन्टका विद्यार्थी पनि हुन् । दिल्ली बाट फर्किने क्रममा उनलाई सिप सिक्ने रहर जाग्यो । नेपाल आए पछि उनले कफी सम्बन्धित पढाई सँगै रिसर्च पनि गर्न थाले । उनले नेपालमा पाइने हरेक कफी र कफी बनाउने तरिकामा रिसर्च गरेका छन् । रिसर्चकै लागि भनेर उनि थाईल्याण्ड र दुबई पनि गए । त्यस्तै उनले स्वयम् सय जना भन्दा बढी विद्यार्थीहरुलाई बारीस्टा र ५० भन्दा बढी कुक हरुलाई कन्टेन्सियल र इटालियन फूडको तालिम पनि दिएका छन् ।
एउटा युवा उधमी भएको नातालेबजारमा धेरै प्रतिशापर्धा भएको कारण नयाँ आउने उधमीहरुलाई त्यसबारेमा पढेर र बुझेर मात्र अगाडी आउन उनि सल्लाह दिन्छन् । विशेष गरि अहिले कफी ट्रेनिङ सेन्टर धेरै भए पनि यसबारे राम्रो उचित शिक्षाको कमीले गार्हो हुने गर्दछ । बिहानीको घाम र रोमान्टिक शाँझको मजा लिन भए पनि एकचोटी कफी पसल आउनैपर्ने भन्दै, ‘छिट्टै नै यसको ‘फ्रेन्चाइज’ दरबारमलमा पनि खुलाउने’ उनले बताए ।
‘कफी पसल’ले आफ्नो फ्रेन्चाइज’ र पार्टनरको रुपमा सहकार्य गर्न चाहने लगानीकर्ताहरु बढाउन चाहेको पनि जनाएको छ ।
दरबार मार्ग आफैमा एउटा महँगो क्षेत्रमा परिचित छन् । त्यहाँ जाने आन्तरिक र बाह्य पर्यटक मात्र होइन नजिकै पसल थापेर बसिरहेका साहुजिहरु पनि यसलाई हो मा हो मिलाउछन् । यस क्षेत्रमा महँगो खाना । महँगो कपडा । अनि महँगो मान्छे सबै भेटिन्छन् । कुनै साधारण नेपाली त्यहाँको कुनै पनि रेस्टुराँमा खाने भन्दा पनि फोटो खिचेर ( बाहिरबाट होस् वा भित्रबाट) वा निकैबेर व्यंजन सूची हेरेर म:म मात्र खाएर आउने गरेको यथार्थ त छदैछ । त्यसैले पनि नजिकैको पर्यटकीय स्थल ठमेललाई टक्कर दिइरहेको दरबार मार्गमा नेपाली भन्दा बढी विदेशी पर्यटकहरु देखिने गरेको नकार्न मिल्दैनन् ।
कोभिड भन्दा अगाडी कफी पसलमा धेरै विदेशी पर्यटकहरु आउने गरेको प्रबन्ध निर्देशक प्रशान्तको भनाई छ । तर, कोभिडले विदेशी पर्यटकलाई आ आफ्नै देशमा पठाए पछि उनले नेपाली पर्यटक तथा नेपाली ग्राहकलाई पनि आकर्षित गर्नको लागि सोच्न धेरै बेर लगाएनन् । अहिले उनले विदेशी सँगै स्वदेशीलाई पनि आफ्नो पसलको खानाको स्वाद चखाउन नेपालकै अर्गानिक उत्पादनहरुमा जोड दिएका छन् । चाहे त्यसको लागि गुल्मी देखि कफी ल्याउने होस् या ककनी देखि स्ट्रबेरी । डोल्पाबाट खैरो र कालो चामल । सँगै नेपालमा पाईने खानयोग्य विभिन्न फूलहरु पनि खोजि खोजि कृषकहरुसँगैको प्रत्यक्ष सम्पर्कमा रहेर ल्याउन पनि पछि पर्दैनन् उनि ।
उनका अनुसार कफीको विकास र प्रवर्द्दनकै लागि भनेर यसको नाम ’कफी पसल’ राखीएको हो । शुरुवाती दिनहरुमा ७ जना साझेदारहरु मिलेर कफी संस्कृतिलाई अघि बढाउन खोलिएको पसल भने अहिले नितान्त एक जनाको स्वामित्वमा छ । दुईजना भने अष्ट्रेलियामा नेपाली कफीलाई अघि बढाउन विदेशिएका छन् । अहिले इटलीयन खाद्यान्न र पास्ता इटलीबाट प्रत्यक्ष आयात गर्ने गरेको बताउँदै प्रशान्त भन्नछन्, ‘कफीको विशेषतालाई बढाउदै विभिन्न देश तथा विदेशको खानाको स्वाद पस्कनु कफी पसलको मुख्य उदेश्य हो ।’
प्रशान्तले ग्राहकलाई आकर्षित गर्नका लागि ग्राहकको इच्छा बमोजिम लाईभ कुकिङ्ग देखाउने वातावरण पनि बनाएका छन् । यदि ग्राहकले चाह्यो भने उनीहरुले घरमा पनि बनाएर खानको लागि त्यसको सामग्री र रेसिपी दिने गर्छन् कफी पसलले । यहाँ बसेर कफीको स्वाद लिँदै शान्त सँग बस्ने वातावरण त छँदै छ ।
प्रशान्त चार्टर्ड एकाउन्टेन्टका विद्यार्थी पनि हुन् । दिल्ली बाट फर्किने क्रममा उनलाई सिप सिक्ने रहर जाग्यो । नेपाल आए पछि उनले कफी सम्बन्धित पढाई सँगै रिसर्च पनि गर्न थाले । उनले नेपालमा पाइने हरेक कफी र कफी बनाउने तरिकामा रिसर्च गरेका छन् । रिसर्चकै लागि भनेर उनि थाईल्याण्ड र दुबई पनि गए । त्यस्तै उनले स्वयम् सय जना भन्दा बढी विद्यार्थीहरुलाई बारीस्टा र ५० भन्दा बढी कुक हरुलाई कन्टेन्सियल र इटालियन फूडको तालिम पनि दिएका छन् ।
एउटा युवा उधमी भएको नातालेबजारमा धेरै प्रतिशापर्धा भएको कारण नयाँ आउने उधमीहरुलाई त्यसबारेमा पढेर र बुझेर मात्र अगाडी आउन उनि सल्लाह दिन्छन् । विशेष गरि अहिले कफी ट्रेनिंग सेन्टर धेरै भए पनि यसबारे राम्रो उचित शिक्षाको कमीले गार्हो हुने गर्दछ । बिहानीको घाम र रोमान्टिक शाँझको मजा लिन भए पनि एकचोटी कफी पसल आउनैपर्ने भन्दै, “छिट्टैनै यसको ’पÞm्रेञ्चाइज’ दरबारमलमा पनि खुलाउने’’ उनले बताए ।
‘कफी पसल’ले आफ्नो फ्रेन्चाइज’ र पार्टनरको रुपमा सहकार्य गर्न चाहने लगानीकर्ताहरु बढाउन चाहेको पनि जनाएको छ ।
दरबार मार्ग जत्तिको पर्यटकीय स्थलमा केहि गर्छु भनेर आटनु र गरेर देखाउनु कुनै पनि उधमीको लागि चुनौतीपूर्ण त हुनेनै भयो । दरबार मार्ग वरिपरि दैनिक लाखौँ मानिसहरु हिड्ने गर्दछन् । लाखौं मानिसहरुको आवत जावत हुने ठाउँमा करोडौं, अर्बौको डिल भइरहेको हुन्छन् । उनीहरु सबैलाई आकर्षित गर्न धेरै भन्दा धेरै कुरा प्रयोग गर्न सकिन्छ । हालको संचालन शैली व्यवसायिकता, लागानिको स्तर, पर्यटन उधम कौशल र योजनालाई बिस्तार गर्दै बजारको मागलाई प्राथमिकतामा राखेर अघि बढ्न सके यहाँका उधमीहरुका भविष्य मात्र नभएर यस क्षेत्रकै प्रवर्दनमा पनि सहज हुने अनुमान गर्न सकिन्छ । यसबाट कम्तिमा केहि हजार जनाले राम्रो पारिश्रमिक सहित प्रत्यक्ष रोजगारीको अवसर पाउन पनि सक्छन् ।
प्रतिक्रिया