मेगा बैंकको काठमाडौंमा एकैसाथ तीन नयाँ शाखा
नेपालखोज
२०७८ चैत १० गते १५:५७

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरू विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सन्जाल २०७ पुगेको छ ।
अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगाले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।
सम्बन्धित








प्रतिक्रिया