आइतबार, पुष ६, २०८२

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक अर्ब ९३ करोड संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७८ चैत १० गते १७:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक अर्ब ९३ करोड २६ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार विभिन्न कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपको रुपमा २०७९ बैशाख दुई गतेदेखि २०८० बैशाख एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुद्धती निक्षेपको रुपमा राखिने कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि एक अर्ब ५४ करोड ६२ लाख, विकास बैंकहरुको लागि २८ करोड ९८ लाख र फाईनान्स कम्पनीहरुको लागि नौं करोड ६६ लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही चैत्र १७ गतेसम्ममा नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याजसमेत उल्लेख गरेर आवेदन दिनु पर्नेछ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया