युक्रेन हमलाको एक महिना !

किएभ । युक्रेनमाथि रूसले सुरु गरेको एकतर्फी युद्धले एक महिना पूरा गरेको छ । यो युद्ध यति लामो तानिन्छ भन्ने कसैलाई लागेको थिएन । अमेरिकाका युद्ध एक्सपर्टहरुका अनुसार रूसी राष्ट्रपति भ्लादिमीर पुटिन पनि के विश्वासमा थिए भने यो युद्ध केही दिनमै समाप्त हुनेछ ।
यसको ठूलो कारण रूस र युक्रेनबीचको सैन्य शक्तिमा ठूलो अन्तर हुनु हो । किनभने रुससँग १० लाख जवान सेना छन् भने युक्रेनसँग केवल दुई लाख । यद्यपि अहिले यो युद्ध तत्काल कुनै नतिजामा पुग्ला जस्तो देखिँदैन । युक्रेनको राजधानी किएभमा कब्जा जमाउने रुसी प्रयास लगातार असफल भइरहेको छ ।
त्यहाँ दुवै देशका सेनाबीच संघर्ष जारी छ । युक्रेनी सेनालाई कमजोर तुल्याउन रूसको सेनाले लगातार युक्रेनका सहर तथा आवासीय इलाकाहरुमा बम बर्साइरहेको छ । युद्ध चाँडै समाप्त हुने र युक्रेनले घुँडा टेक्ने अपेक्षाविपरीत आखिर यो लडाइँ किन लामो समय तानिएको छ ? यसका केही कारण छन् ।
चाँडै युद्ध जितिन्छ भन्ने भ्रम- रूसका राष्ट्रपति पुटिनले जब युक्रेनविरुद्ध युद्धको घोषणा गरे तब उनले भनेका थिए उनी युक्रेनलाई डिमिलिटराइज गर्न चाहन्छन् । रूसले यो युद्धको सुरुवात युक्रेनको सैन्य अखडाहरुमा हमला गरेर गरेको थियो तर अहिले रुसले बौलाएको साँढे झैं आवासीय भवनहरुमा पनि बमबारी गरिरहेको बताइन्छ । रूसले सुरुमा युक्रेन नजिक करिब २ लाख सैनिक तैनाथ गरेको थियो । विज्ञहरु पनि के मान्छन् भने पुटिन युक्रेनको सेनाले चाडैं सेलेन्डर गर्ने विश्वासमा थिए तर त्यस्तो भएन । बरु रुसी सेनाले ठुलो क्षतिका साथ अनेक संकट बेहोर्नुपर्यो । यसबीच रूसका सैनिकहरुको प्रशिक्षण मै पनि प्रश्न उठयो ।
बर्फिलो क्षेत्रको लडाइँले रूसी सेनाको समस्या थप बढाएको बताइन्छ । अमेरिका र नाटो युक्रेनको समर्थनमा यो युद्धमा अमेरिका र नाटो युक्रेनको पक्षमा छन् जसका कारण पनि यो युद्ध चाडैं समाप्त हुने संकेत छैन । पुटिनलाई के लागेको थियोे भने युक्रेनको मामिलामा अमेरिका र नाटोको राय अलग-अलग हुनेछ । किनभने बितेका केही वर्ष यता अमेरिका र नाटोबिचको सम्बन्ध त्यति राम्रो चलिरहेको थिएन तर रुसको हमला पछि अमेरिका र नाटोको सम्बन्ध थप मजबुत भएको देखियो ।
युक्रेनका पक्षमा एकजुट संसार युक्रेनमाथि रुसी हमलाविरुद्ध जसरी आज सारा संसार एकजुट भएको छ त्यसको अपेक्षा सम्भवत कसैले गरेका थिएनन् । रूसी बैंकहरुलाई अन्तराष्ट्रिय पेमेन्ट सिस्टम स्विफ्टबाट हटाउनु एउटा ठुलो झट्का थियो । यसका अतिरिक्त पश्चिमी देशको कार्रवाहिले रूसको अर्थव्यवस्थालाई एक्लाएको मात्र छैन त्यसमा ठूलो चोटसमेत पुर्याएको छ ।
जेलेन्स्किको क्रेज सुरूमा के भनिदैथ्यो भने रूसी सेनाका सामु युक्रेनको सेना धेरै दिन टिक्दैन र युक्रेनी राष्ट्रपति भ्लादिमीर जेलेन्स्कि रूसका सबै शर्त मान्न बाध्य हुनेछन् । त्यस्तो केही भएन । जेलेन्स्किले आत्मसमर्पण गर्न अस्वीकार गरेर सारा संसारको मन मात्र जितेनन् साना र कमजोर मुलुकमा हमला गर्दा शक्ति राष्ट्रलेसमेत फलामको च्युरा चबाउनुपर्छ भन्ने कुरा साबित गरेर देखाई दिए ।
युद्ध सुरु भए यता पुटिन हराए जस्तो भएका छन् भने जेलेन्स्कि युद्ध मैदानमा खटिएर आफ्ना शैनिक र नागरिकहरुको हौसला बढाइरहेका छन् । यसले पनि उनको लोकप्रियता पुटिनको तुलनामा धेरै माथि पुगेको छ । युक्रेनी सेनाको जवाब रूसकाविरुद्ध युक्रेनी सेनाले जुन रणनीति अपनाएको छ त्यो अहिलेसम्म सहि साबित भइरहेको छ । युक्रेनको सेनाले लगातार रूसको सेना र तिनका हतियारलाई टारगेट गरिरहेको छ जसमा उसले राम्रो सफलता पाएको बताइन्छ ।
कति भयो क्षति ?
सेनातर्फ : नाटो सुत्रका अनुसार यो युद्धमा रूसी सेनाका ७ देखि १५ हजार जवान मारिएका छन् जसमा ठुला अधिकारीहरु पनि उल्लेख्य संख्यामा छन् । रूसले आफ्ना मारिएका सैनिकका बारे कुनै जानकारी दिएको छैन ।
सर्वसाधारणतर्फ : युक्रेनले रूसी सेनाले आम मानिसलाई निशाना बनाएको आरोप लगाउँदै आएको छ । जेलेन्स्किले हालै मात्र यो युद्धमा हजारौं मानिस मारिएको र त्यसमा १२१ जना बालबालिका भएको जानकारी सार्वजनिक गरेका थिए । यसैगरी कीवका मेयर विताली क्लित्स्कोले राजधानीमा अहिलेसम्म २६४ जना नागरिक मारिएको बताएका थिए भने मारियुपोल सहरमा अढाई हजार आम मानिसको मृत्यु भइसकेको बताइन्छ ।
प्रतिक्रिया