चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै
नेपालखोज
२०७८ चैत ११ गते १२:१५

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आउने भएका छन् । उनी आज अपरान्ह चार बजे विशेष विमानमार्फत काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा विदेशमन्त्री वाङले भोली प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
शनिबार दिउँसो वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट्ने र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी सँग शिष्टाचार भेट गर्ने कार्यसूचि रहेको छ । त्यसपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटने र आइतबार दिउँसो ३ बजे उनी बेइजिङ उड्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया