बिहीबार, जेठ २, २०८२

गरिब मुलुकमा खाद्यवस्तुको मूल्य वृद्धि हुने : डब्ल्यूटीओ

नेपालखोज २०७८ चैत ११ गते १४:३८

लण्डन । विश्व व्यापार संगठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन संकटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गरेकी छन् । उनका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य संकट पनि बढ्ने खतरा देखिएको छ ।

खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य संकटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उनले बताइन् । खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य संकटका कारण ठूलो मानवीय क्षति समेत हुन सक्नेमा उनले चिन्ता व्यक्त गरिन् ।

विश्वका धेरै देशमा खाद्य संकट सँगै उर्जा संकट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उनको भनाई रहेको छ । उर्जा संकटका रुपमा उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावलाई समेत संकेत गरेकी छन् ।-रासस

प्रतिक्रिया