युक्रेन हमलाको एक महिनापछि…

किएभ । फेब्रुअरी २४ मा युक्रेनमाथि रूसले सुरु गरेको एकतर्फी युद्धले एक महिना पूरा गरेको छ । यो युद्ध यति लामो तानिन्छ भन्ने कसैलाई लागेको थिएन । अमेरिकाका युद्ध एक्सपर्टहरुकाअनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि के बिश्वासमा थिए भने यो युद्ध केहि दिनमै समाप्त हुनेछ । यसको ठूलो कारण रूस र युक्रेन बिचको शैन्य शक्तिमा ठुलो अन्तर हुनु हो । किनभने रुस सँग १० लाख जवान सेना छन भने युक्रेन सँग केवल २ लाख ।
यद्यपि अहिले यो युद्ध तत्काल कुनै नतीजामा पुग्ला जस्तो देखिँदैन । युक्रेनको राजधानी किएभमा कब्जा जमाउने रुसि प्रयास लगातार असफल भइरहेको छ । त्यहाँ दुबै देशका सेना बीच संघर्ष जारी छ । युक्रेनी सेनालाई कमजोर तुल्याउन रूसको सेनाले लगातार युक्रेनका सहर तथा आवासिय इलाकाहरुमा बम बर्साइरहेको छ ।
युद्ध चाँडै समाप्त हुने र युक्रेनले घुँडा टेक्ने अपेक्षा बिपरित आखिर यो लडाइँ किन लामो समय तानिएको छ ? यसका केही कारण छन ।
चाँडै युद्ध जितिन्छ भन्ने भ्रम
रूसका राष्ट्रपति पुटिनले जब युक्रेनविरुद्ध युद्धको घोषणा गरे तब उनले भनेका थिए उनी युक्रेनलाई डिमिलिटराइज गर्न चाहन्छन् । रूसले यो युद्धको सुरुवात युक्रेनको सैन्य अखडाहरुमा हमला गरेर गरेको थियो तर अहिले रुसले बौलाएको साँढे झैं आवासीय भवनहरुमा पनि बमबारी गरिरहेको बताइन्छ । रूसले सुरुमा युक्रेन नजिक करिब दुई लाख सैनिक तैनाथ गरेको थियो । विज्ञहरु पनि के मान्छन् भने पुटिन युक्रेनको सेनाले चाँडै आत्मसमर्पण गर्ने विश्वासमा थिए तर त्यस्तो भएन । बरु रुसी सेनाले ठूलो क्षतिका साथ अनेक संकट बेहोर्नुपर्यो । यस बिच रूसका सैनिकहरुको प्रशिक्षण मै पनि प्रश्न उठयो । बर्फिलो क्षेत्रको लडाइँले रूसी सेनाको समस्या थप बढाएको बताइन्छ ।
अमेरिका र नाटो युक्रेनको समर्थनमा
यो युद्धमा अमेरिका र नाटो युक्रेनको पक्षमा छन जसका कारण पनि यो युद्ध चाडैं समाप्त हुने संकेत छैन । पुटिनलाई के लागेको थियोे भने युक्रेनको मामिलामा अमेरिका र नाटोको राय अलग-अलग हुनेछ । किनभने बितेका केही वर्ष यता अमेरिका र नाटो बिचको सम्बन्ध त्यति राम्रो चलिरहेको थिएन तर रुसको हमला पछि अमेरिका र नाटोको सम्बन्ध थप मजबुत भएको देखियो ।
युक्रेनका पक्षमा एकजुट संसार
युक्रेन माथि रुसि हमला बिरुद्ध जसरि आज सारा संसार एकजुट भएको छ त्यसको अपेक्षा सम्भवत कसैले गरेका थिएनन् । रूसी बैंकहरुलाई अन्तराष्ट्रीय पेमेन्ट सिस्टम स्विफ्ट बाट हटाउनु एउटा ठुलो झटका थियो । यसका अतिरिक्त पश्चिमी देशको कार्रवाहिले रूसको अर्थव्यवस्थालाई एक्लाएको मात्र छैन त्यसमा ठुलो चोट समेत पुर्याएको छ ।
जेलेन्स्कीको क्रेज
सुरुमा के भनिदैथ्यो भने रूसी सेनाका सामु युक्रेनको सेना धेरै दिन टिक्दैन र युक्रेनी राष्ट्रपति भ्लादिमीर जेलेन्स्की रूस का सबै शर्त मान्न बाध्य हुनेछन् । त्यस्तो केही भएन । जेलेन्स्कीले आत्मसमर्पण गर्न अस्वीकार गरेर सारा संसारको मन मात्र जितेनन साना र कमजोर मुलुकमा हमला गर्दा शक्ति रास्ट्रले समेत फलामको च्युरा चबाउनु पर्छ भन्ने कुरा साबित गरेर देखाशई दिए । युद्ध सुरु भए यता पुटिन हराए जस्तो भएका छन भने जेलेन्स्की युद्ध मैदानमा खटिएर आफ्ना शैनिक र नागरिकहरुको हौसला बढाईरहेका छन । यसले पनि उनको लोकप्रियता पुटिनको तुलनामा धेरै माथि पुगेको छ ।
युक्रेनी सेनाको जवाफ
रूसका विरुद्ध युक्रेनी सेनाले जुन रणनीति अपनाएको छ त्यो अहिले सम्म सही साबित भैरहेको छ । युक्रेनको सेनाले लगातार रूसको सेना र तिनका हतियारलाई टारगेट गरिरहेको छ जसमा उसले राम्रो सफलता पाएको बताइन्छ ।
कति भयो क्षति ?
सेनातर्फ :
नाटो सुत्रका अनुसार यो युद्धमा रूसि सेनाका ७ देखि १५ हजार जवान मारिएका छन जसमा ठुला अीकारिहरु पनि उल्लेख्य संख्यामा छन । रूसले आफ्ना मारिएका सैनिकका बारे कुनै जानकारि दिएको छैन ।
सर्वसाधारणतर्फ :
युक्रेनले रूसी सेनाले आममानिसलाई निशाना बनाएको आरोप लगाउँदै आएको छ । जेलेन्स्कीले हालै मात्र यो युद्धमा हजारौं मानिस मारिएको र त्यसमा १२१ जना बालबालिका भएको जानकारि सार्वजनिक गरेका थिए । यसैगरी कीवका मेयर विताली क्लित्स्कोले राजधानीमा अहिलेसम्म २६४ जना नागरिक मारिएको बताएका थिए भने मारियुपोल सहरमा अढाई हजार आम मानिसको मृत्यु भइसकेको बताइन्छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया