नेपाल बंगलादेश बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । ग्लोवल मनीवीक २०२२ अन्र्तगत हरेक मुलुकका महिला तथा युवापुस्तामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नेपाल बंगलादेश बैंकको कलकत्ता शाखाले स्थानीय बेलौरी नगरपालिका वडा नं.८ मा वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त कार्यक्रममा कृषक, विद्यार्थी, घरेलु तथा लघुउद्यमी ब्यापारीबर्गहरु तथा स्थानिय जनप्रतिनिधिहरु गरी जम्मा एक सय ५० जनालाई वित्तिय सेवा सम्बन्धमा जानकारी गराइएको थियो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बंगलादेश बैंक कलकत्ता शाखाका शाखा प्रमुख पंकज भट्टले डिजिटल माध्यमबाट बैकिङ सेवा, विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा कार्यक्रममा उपस्थित सहभागीहरुलाई जानकारी गराएको बैंकले जनाएको छ ।
हाल बैंकले एक सय वटा शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।








प्रतिक्रिया