बिहीबार, जेठ २, २०८२

तालिवानद्वारा छात्रालाई विद्यालय जान रोक, निर्णयको पुर्नविचार गर्न आग्रह

नेपालखोज २०७८ चैत १२ गते १०:००

काठमाडौं । विद्यालय जान नपाउने निर्णयको छात्राहरुले विरोध गरेसँगै अन्तर्राष्ट्रिय समुदायले तालिवानीलाई दवाव दिने जनाएका छन् ।

विभिन्न मानवीय सहायता एजेन्सीहरुले तालिवनीले निर्णयमा पुर्नविचार नगरे आगामी दिनमा थप समस्या हुने चेतावनी पनि दिएका छन् ।

यसले अफगानी नागरिक, आर्थिक वृद्धिको सम्भावना र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुधार गर्ने तालिवानीको महत्वकांक्षामा क्षति पुग्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया