ज्योति फाउन्डेसनले होन्डा जेनेरेटर सहयोग गर्यो

काठमाडौं । नेपालका लागि होन्डा ब्रान्डका जेनेरेटर तथा अन्य होन्डा पावर प्रोडक्टहरुको एकमात्र आधिकारिक वितरक स्याकार ट्रेडिङले हिमालय उद्धार संघ नेपाललाई होन्डा जेनेरेटर सहयोग गरेको छ । विशेषतः हिमाली क्षेत्रका अति बिकट ठाउँ जहाँ स्वास्थ्य सेवामा कम पहुँच वा पहुँच नै नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघ नेपाललाई फाउन्डेसनले जेनेरेटर सहयोग गरेको हो ।
विभिन्न स्वास्थ्य उपकरणहरु जस्तै अक्सिजन, भिडियो एक्सरे तथा अन्य डायग्नोष्टिक उपकरणहरु संचालन गरी स्वस्थ शिबिर संचालन तथा उद्धार कार्यमा सहज होस् भत्रे हेतुले उक्त संस्थालाई ज्योति समूहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेसनका संचालक मिरा ज्योति र स्यकाकर ट्रेडिङ कम्पनी प्रा.लि. का अध्यक्ष सौरभ ज्योतिले एक कार्यक्रमबीच उक्त संस्थालाई सहयोग स्वरुपहोन्डा जेनेरेटर हस्तान्त्रण गरेका हुन् ।
संस्थालाई यसरी सहयोग गर्न पाउँदा खुसि लागेको बताउँदै भविस्यमासमेत आवश्यक सहयोग गर्दै जाने जानकारी गराए । यस ब्रान्डका जेनेरेटर तथा अन्यपावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम ईन्धन खपत, कम आवाज, न्यूनतम संचालन खर्च, वातावरण मैत्री र भरपर्दो मानिन्छ । यो सेगमेन्टमा होन्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्री हुने पावर प्रोडक्टहरुमा पर्दछ ।








प्रतिक्रिया